Shikhar Insurance
National Life

अपांगता भएकाहरुलाई राज्यले सहयोगको व्यवस्था गर्नुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार १३:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अपांंगता भएका व्यक्तिलाई राज्यले सहयोग उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् ।

सोमबार कोरियाली सरकारको सहयोगमा अपांगता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराउने कार्यक्रममा बोदै उहाँले सो कुरा बताएका हुन् । मन्त्री पौडेलले अपांगता भएका व्यक्तिलाई सहयोगी चाहिन्छ भन्ने कुरा राज्यलाई स्वीकार गराउन आफूहरुले पहल गरिरहेको पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री पौडेलले अपांगतामैंत्री भौतिक पूर्वाधारका निर्माणका लागि नीतिगत व्यवस्था अनिवार्य लागू गराउन जरुरी रहेको पनि बताए । उनले अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य विमाले मात्रै नपुग्ने भएकाले त्यसमा पनि सरकारले पुनर्विचार गरेर अघि बढ्ने आश्वासन समेत दिए ।

मन्त्री पौडेलले भने, ‘अहिले घरपरिवारको कोही रगतको नाता भएका, भावनाको नाता भएका मानिसहरुले तपाईहरुलाई सहयोग गरिरहनु भएको छ । उहाँहरुले पनि कति सक्नुहुन्छ ? उहाँहरुका पनि आफ्नै खालको समस्याहरु छन् । त्यसैले यहाँहरुले जुन सहयोगीको खोजी गरिरहनुभएको छ ।’

‘अब राज्यले यहाँहरुसँगको सम्बन्ध यहाँहरुको जीविकोपार्जन, यहाँहरुले गर्ने गतिविधिमा सहजीकरण राज्यका संरचनाहरु, पूर्वाधारहरु अपांगतामैत्री हुनुपर्छ भन्ने कुराहरु धेरै अगाडिदेखि राखिरहनुभएको छ । बनिसकेको पूर्वाधारलाई त्यसअनुसार विकसित गर्न पनि स्रोत सुनिश्चित हुनुपर्ने, नयाँ बन्ने संरचनामा केही स्रोत थप गरेर अपांगतामैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी छ’ उनले भने ।

मन्त्री पौडेलले सरकारले अपांगता भएका व्यक्तिहरुका लागि आवश्यक सहायता उपलब्ध गराउने कार्यका लागि स्रोतको खोजी गरिरहेको पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्