Shikhar Insurance
National Life

बजार नपाउँदा चितवनमा थन्कियो ५ सय मेट्रिक टन मह

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार ११:४६
Hyundai
NCELL
NIMB

चितवन । चितवनमा उत्पादन गरिएको महले उचित बजार नपाउँदा किसान चिन्तित भएका छन् । महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइए पनि बजारीकरणको अभावले मह घरमै थन्किएको भन्दै किसान चिन्तित बनेका हुन् ।

कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो । उनले वार्षिक ६ टन मह उत्पादन गर्दै आएका छन् । उनले भने, ‘महले बजार नपाएर घर थन्किने अवस्था भयो । यसलाई व्यावसायिक बनाएर अघि बढ्न लागेको हुँ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको सहयोगमा ब्राण्डिङको काम सुरु गरिएको उनले बताए । नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्षसमेत रहेका पौडेलले जिल्लामा हाल ३० हजार बढी मौरीका घार रहेको जानकारी दिए । यसबाट वार्षिक ८ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । उत्पादित महमध्ये अहिले पाँच सय मेट्रिक टन मह बिक्री हुन नसकेर किसानको घरमा थन्किएको उनले बताए ।

उनले भने, ‘फेरि मह निकाल्ने समय भयो । पुरानो मह बिक्री नहुँदा किसान चिन्तित छन् ।’ गत वैशाखदेखि राज्यले मह आयात रोक्दा केही सहज भएको भए पनि पुन: आयात खुलाउन व्यवसायी लाग्दा किसान समस्यामा पर्ने उनको भनाइ छ । उनले भने, ‘नेपालमा उत्पादित महले बजार धान्न नसके आयात गर्न सकिन्छ । बाहिरबाट आयातित महलाई ६० प्रतिशत भन्सार लगाउन जरुरी छ ।’

यहाँ हाल सेरेना र मेरिफेरा नामक मौरी पालिँदै आएको छ । यसबाट वार्षिक चार हजार नौ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको निवर्तमान अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार सेरेनाबाट एक हजार दुई सय मेट्रिक टन र मेरिफेराबाट ३ हजार ७ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ ।

उत्पादित महमध्ये तीन हजार एक सय ४५ मेट्रिक टन मह बिक्री नहुँदा किसानको घरमा राख्नुपर्ने बाध्यता रहेको उनले बताए । अहिले सरकारले आयात रोक्दा केही राहत महसुस भएको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्