Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न अपि पावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार ११:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । अपि पावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कात्तिक १ गते होटल क्रिष्टल पशुपति, गौशला, काठमाडौंमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्नेछ । लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने सभाको एजेण्डा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत गरी जम्मा ९.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने सूचनामार्फत जनाएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज १५ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउँन सक्ने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्