Shikhar Insurance
National Life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा बाल स्वास्थ्य प्रतिष्ठानलाई ५० लाख सहयोग

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३०, आईतवार १८:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठान (केआइओसीएच) लाई ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

उक्त चेक बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) कृष्ण बहादुर अधिकारीले केआइओसीएचका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केआइओसीएचले उक्त रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्नेगरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्‍याउने उद्देश्य लिई स्थापना भएको काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च गर्ने जनाएको छ ।

बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, नायव महाप्रबन्धक सुर्य बहादुर तामाङ, नायव महाप्रबन्धक विनय नाथ न्यौपाने लगायतका पदाधिकारीहरु तथा उक्त संस्थाको तर्फबाट डा. भगवान कोइराला, भुवन दाहाल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्