Skip to content
Shikhar Insurance
National Life

बर्जर पेन्ट्सको सामन खरिदमा १ लाखसम्मको नगद पुरस्कार

Hyundai
NCELL
NIMB

काठमाडौं । बर्जर पेन्ट्स नेपालले चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’ को घोषणा गरेको छ । बर्जर पेन्ट्सको ४० लिटर खरिद गर्दा १ लाखसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्ने बर्जर पेन्ट्स नेपालले जनाएको छ ।

बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर राजीव रोयले भने, ‘चाडपर्व भनेको परिवारलाई एकै ठाउँमा ल्याउने समय हो र बर्जर पेन्ट्सले सुन्दर तरिकाले घर रंग्यानु जस्तो चाडपर्व मनाउने राम्रो तरिका अर्को हुँदैन ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘यस अभियान मार्फत हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट उत्पादनहरूको साथै आकर्षक नगद पुरस्कार जित्ने मौका पनि दिन चाहन्छौँ । हामीलाई विश्वास छ चाडपर्वलाई अझ विशेष बनाउँदैै यस अभियान नेपालभरका परिवारमाझ रौनक बनेर फैलिने छ ।’

यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर ग्लो, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लिन फ्रेश, इजी क्लिन, वेदरकोट लङ्ग लाईफ, वेदरकोट अल गार्ड फ्लेक्जो र वेदरकोट अल गार्ड जस्ता बर्जरका उत्पादनहरुमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार घरधनिहरुले यस योजनाको बारेमा विस्तृत जानकारी लिनको लागि नजिकैको बर्जर डिलरमा सम्पर्क गर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्