काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले ७७ जिल्लामा जतिसुकै खर्च लागेपनि गरिब जनताको घरमा बिजुली बालेर छाड्ने संकल्प लिएको बताएका छन् । आइतबार ललितपुर निर्माण व्यवसायी संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राज्यमन्त्री तामाङले यस्तो बताएका हुन् ।
उनले सरकारले ७७ जिल्लाका जनतालाई विद्युतको सुविधा पुर्याउने जानकारी दिए । उनले मुलुकका जलविद्युत उत्पादनको सम्भावना राम्रो रहेको भन्दै उत्पादित विद्युत जनताको घरमा पुर्याउन आवश्यक रहेको बताए ।
उनले अहिले पनि ७७ जिल्लाका सबै ठाउँमा विद्युत पुग्न बाँकी रहेको भन्दै सरकारले चाँडै मुलुक विद्युतीकरण घोषणा गर्नेगरी काम गर्ने बताए । उनले मुलुकमा भएको ब्यापार घाटा कम गर्ने ऊर्जा क्षेत्रले धेरै महत्त्वपूर्ण भुमिका खेल्ने जानकारी दिए ।
उनले निर्माण व्यवसायीहरुको बाँकी भुक्तानी सरकार तिर्दै गएको बताए । उनले सिंचाइ मन्त्रालयले दिनुपर्ने निर्माण व्यवसायीहरुको भुक्तानी तत्काल दिने पनि जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्