काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नविकरण शुल्क असाेज मसान्तसम्म बुझाउन आग्रह गरेको छ ।
कम्पनीले आइतबार एक सूचना प्रकाशन गर्दै धितोपत्र सूचीकरण विनियमावाली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यावस्था अनुसार आर्थिक वर्ष २०८१/०८२ को धितोपत्र वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
सूचीकृत कम्पनीहरुले असोज मसान्तसम्मभित्र नेप्सेको आधिकारीक खातामा ग्लोबल आइएमई बैंक कमदलादी काठमाडौंमा गई नविकरण शुल्क बुझाउनुपर्ने सूचनामा उल्लेख गरेको छ ।
साथै, तोकिएको समयमा वार्षिक नविकरण शुल्क नबुझाउने कम्पनीहरुलाई नेप्सेले वार्षिक नविकरणमा १० प्रतिशतका दरले जरिवाना समेत तोक्ने र सूचीकरण स्थगन गर्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्