काठमाडौं । साताको पहिलो कारोबार दिन सयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ५०.७३ अंकले बढेर २६३७.७९ अंकमा पुगेको हो ।
आइतबार ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७ सय ८२ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९ सय ५७ रुपैयाँ कारोबार भएको छ ।
आइतबार थ्री स्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ । साथै, ग्रीन लाइफ हाइड्रोपावरको ९.४० प्रतिशत, सीइडीबी हाइड्रोपावर डेभलपमेन्टको ९.१५ प्रतिशतसहित २५९ कम्पनीको सेयरमा गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्