काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ को बिन्दुमा बजार बन्द भएको हो ।
आइतबार ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७ सय ८२ कित्ता सेयर किनबेच हुदाँ १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९ सय ५७ रुपैयाँको कारोबार भएको छ ।
आइतबार सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६४ करोड ३८ लाख ६६ हजार ७ सय ८० रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ हजार ३५ रुपैयाँ पुगेको छ ।
आइतबार २४ कम्पनीको सेयर मूल्य बढ्दा २१९ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आइतबार ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको भने १ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्