काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संसद अवरोध जारी राख्ने भएको छ । आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलमा पनि बैठक निस्कर्षमा पुग्न नसकेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरु छलफलकै क्रममा रहेको र पार्टीको संसदीय दलको बैठकमा सभामुखसँग भएको छलफलबारे कुरा राख्ने बताए ।
उनले संसदमा भदौ १२ गते नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले बोल्नुभएको हिंसा शब्दमा मात्रै नभइ मग्र जनयुद्धको भावमा प्रहार भएको आरोप लगाए ।
उनले भने, ‘माओवादी केन्द्रले जुन विषयवस्तु उठाइरहेको छ, खालि शब्दमा मात्रै कुरा होइन, समग्र जनयुद्धको भाव, त्यहाँ व्यक्त भएका विषयवस्तुसँग यो सम्बन्धित छ । फेरि पनि संसद व्यवस्थित बनाउनुपर्छ भन्नेकुरा यहाँ भएको छ । यहाँ भएको विषयवस्तु आफ्नो दलमा लगेर राख्दिन्छु । केही समय छलफल गर्नुस् न त भनेर सम्माननीयज्युले निर्देश गरिसकेपछि यहाँ छलफल भएको विषयवस्तु आफ्नो दलमा लैजान्छु ।’
प्रमुख सचेतक पाण्डेले आफूहरु अहिले छलफलकै क्रममा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्