Shikhar Insurance
National Life

काँग्रेस सांसद श्रेष्ठको आरोप: ‘प्रचण्डले जनतामा भ्रम छर्ने अभिव्यक्ति दिँदै हिड्न थाले’

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३०, आईतवार १६:११
Hyundai
NCELL
NIMB

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद किरणबाबु श्रेष्ठले प्रचण्डले जनतामा भ्रम छर्ने अभिव्यक्ति दिँदै हिँड्न थालेको आरोप लगाएका छन् । आईतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले यस्तो आरोप लगाएका हुन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ताबाट बाहिरिने बित्तिबै जथाभावी बोल्ने काम गरेको भन्दै आपत्ति जनाए । दाहालले मुलुक वंगलादेश र श्रीलंका हुने चेतावनी दिएर जनतामा भ्रम छर्ने प्रयास गरेको जिकिर गर्दै सांसद श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रताको नाममा जथाभावी बोल्दै हिँड्ने काम नगर्न पनि चेतावनी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘प्रजातन्त्र भनेको अभिव्यक्ति स्वतन्त्रता हो । स्वच्छन्दता होइन । जे मन लाग्यो, त्यही बोल्ने किसिमको स्वच्छन्दता होइन । त्यसमा विषयमा पनि हामी सबै पक्ष जिम्मेवार हुनपर्छ त्यस्तै, अहिले गठबन्धनको सरकार बनेको सय दिन पनि पुगेको छैन । सय दिन नपुग्दै यहाँ विभिन्न किसिमको विरोध, बाधा, अवरोधहरु सृजना गर्न थालिएको छ । यो प्रजातन्त्रका लागि राम्रो सन्देश पनि होइन ।’

उनले सय दिन पनि नपुग्दै सरकारको विरोध नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी) केन्द्रलाई आग्रह गरे । प्रजातान्त्रिक मुलुकहरुमा सय दिन पनि नपुग्दै सरकारको विरोध गर्नु, उसको काममा अवरोध गर्ने प्रयास गर्नुलाई उचित मान्न नसकिने उनको भनाई थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्