Shikhar Insurance
National Life

१५.५३ प्रतिशत लाभाशं प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले डाक्यो साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३०, आईतवार ११:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार असोज २० गते आम्रपाली व्याक्वेट, भाटभटेनी, काठमाडौमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा आव २०८०/८१ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ । सभामा बैंकले १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद लाभाशं (बोनस शेयरमा लाग्ने कर समेत) गरी जम्मा १५.५३ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, सभामा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना संचालकको निर्वाचन गर्ने प्रस्ताव रहेको बैंकले सूचनमार्फत जनाएको छ ।

साथै, सभा प्रयोजनका लागि असोज ८ गते एक दिन बैंकको शेयरधनी दर्ता किताब बन्द गरिने छ । असोज ७ गतेसम्म नेप्से कारोबारमा कायम रहेका सेयरधनीहरुमा मात्र सभामा सहभागी हुन पाउँनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्