तानसेन । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको रणनीतिक योजना कार्यशाला पाल्पाको तानसेनमा सुरु भएको छ । चेम्बर लुम्बिनी प्रदेशको भर्खरै अधिवेशन सम्पन्न भएपछि आगामी ३ वर्षका लागि कार्ययोजना तयार पार्न रणनीतिक कार्यशाला आयोजना गरिएको चेम्बरले बताएको छ ।
कार्यशालाको उदघाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोसलाल श्रेष्ठले तानसेन सहित सिङ्गो पाल्पाको पर्यटन र व्यवसायिक प्रबर्द्धनका लागि सहयोग गर्न आव्हान गरे । स्वास्थ्य, शिक्षा र ब्यवसायका लागि तानसेन ऐतिहासिक हब हुदा हुँदै पनि पछाडी परेकोमा चिन्ता व्यक्त गरे ।
पर्यटनका दृस्टिले तानसेनमा अपार सम्भावना रहेकाले पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न आव्हान गरे । बुटवल-पोखरा ६ लेन सडक निर्माण सम्पन्न हुदासम्म तानसेन र आसपासका पर्यट्कीय क्षेत्रमा पर्यटन पुर्बाधारहरु निर्माण गरेर लाखौं पर्यटक भित्राउन सकिने सम्भावना औँल्याए ।
चेम्बर लुम्बिनीका अध्यक्ष टङ्क पोख्रेलले आगामी ३ बर्षभित्र लुम्बिनी चेम्बरले अन्तरास्ट्रिय, राष्ट्रिय, प्रादेशिक, जिल्ला र पालिका स्तरिय कार्यक्रम आयोजना गर्ने गरि रणनीतिक योजना बनाउने बताए । अघिल्लो कार्यकालमा चेम्बरलाई विस्तार गर्ने अधिकाम्स काम भएकाले अबको ३ बर्स उद्योगी,ब्यवसायीको अभिभावक संस्थाको रुपमा विकास गर्ने बताए ।
चेम्बरले तीनै तहका सरकारहरुसङ्ग सहकार्य गरेर अगाडी बढ्न चाहेको बताउदै त्यसका लागि साथ र सहयोग आवस्यक रहेको बताए । कार्यक्रममा बोल्दै चेम्बर लुम्बिनीका वरिष्ठ उपाध्यक्ष श्रीधर महराले ब्यवसायिक हकहितका लागि चेम्बरले कुनै कसर बाँकी नराख्ने बताए ।
प्रतिक्रिया दिनुहोस्