Shikhar Insurance
National Life

बजारबाट फेरि एक खर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३०, आईतवार १०:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट फेरि एक खर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले भदौ ३० गते अर्थात आइतबार पुन: एक खर्ब रुपैयाँ उठाउन लागेको हो । २१ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको एक खर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले असोज २० गते फिर्ता पाउनेछन् ।

क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले न्युनतम १० करोड र बढीमा ५ करोडले भाग गर्दा नि:शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्नेछन् । बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ । अर्थात सबै भन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तिय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बजारमा अधिक तरलताको अवस्था रहेको तर बैंक तथा वित्तिय संस्थाहरुले कर्जा विस्तार गर्न नसकिरहेको अवस्थामा राष्ट्र बैंकले एक खर्ब रुपैयाँ उठाउन लागेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्