Shikhar Insurance
National Life

बेथिति र विचलनबिरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्‍यो : अध्यक्ष दाहाल

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३०, आईतवार १०:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलनकाबिरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताए । आइतबार बिहान झापाको बिर्तामोडमा उनले यस्तो बताएका हुन् ।

गिरीवन्धु टी स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१ विघा जग्गाका स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल रहने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार बिहान सोही ५१ विघा जग्गामा भारतीय दुतावासको लगानीमा बनेको टेकबहादुर गिरी बसपार्कमा उक्त जग्गाको कित्ताकाट तथा किनबेच रोकिएको विषयमा स्थानीयवासीले पूर्वप्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएका थिए ।

स्थानीयवासीको ज्ञापन पत्र बुझ्दै दाहालले स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल हुने बताए । ‘मर्निङ वाक’मा निस्कएका दाहाललाई स्थानीयले ज्ञापनपत्र बुझाएपछि उनले स्थानीयलाई न्याय दिन आफू लागिपर्ने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्