काठमाडौं । सुनको मुल्यले एकपछि अर्को रेकर्ड राख्दै गइरहेको छ । अघिल्लो दिन(शुक्रबार) ऐतिहासिक रेकर्ड कायम राखेको सुनको मूल्यले आज (आइतबार) पनि फेरी नयाँ रेकर्ड राखेको छ ।
आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड रचेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ९ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदी अघिललो दिन १ हजार ८ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्