Shikhar Insurance
National Life

११ प्रतिशत लाभांश र हकप्रद प्रस्तावसहित सिईडिबि हाइड्राेपावरले डाक्यो साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३०, आईतवार १०:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा असोज २१ गते कालिमाटी ब्याङ्क्वेट काठमाडौं कालिमाटीमा बिहान ११ बजे बस्ने आव्हान गरेको हो ।

सभामा अघिल्ला दुई आर्थिक वर्ष २०७९/०८० र ०८०/०८१ का लागी चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर (कर सहित) वितरण गर्ने, बोनस सेयर जारी पश्चात् कायम हुने चुक्ता पूँजीको ५४.५ प्रतिशत (१:०.५४५ अनुपात) हकप्रद सेयर जारी गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै कम्पनीको नाम परिवर्तन सहित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी अघिल्ला दुई आवका वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

सभामा चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक टुङ्ग्याउने र स्वतन्त्र सञ्चालकको नियुक्त गर्ने प्रस्ताव पनि समावेश गरिएका छन् ।

साथै, सभा प्रयाेजनकाे लागी असोज ७ गते एक दिन बुक क्लोज गर्ने भएकाे छ । जसअनुसार असोज ६ गतेसम्म कायम सेयरधनीहरूले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने एक सूचनामार्फत कम्पनीले जानकारी  दिएकाे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्