Shikhar Insurance
National Life

प्रधानमन्त्रीलाई हत्याको धम्की अभिव्यक्ति निन्दनीयः एमाले

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २९, शनिबार ११:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न वाग्मती प्रदेशसभाका एक सदस्यले दिएको धम्कीलाई अत्यन्त गम्भीररूपमा लिएको जनाएको छ ।

पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रदेशसभाको शुक्रबारको बैठकमा कांगेसका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैँ पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय रहेको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैठकमा प्रदेशसभा सदस्य वैद्यले आफू प्रधानमन्त्री ओलीका विरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । “उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानूनसमेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्