Skip to content
Shikhar Insurance
National Life

‘नेपालमा स्काईवेल गाडीको आधिकारिक बिक्रेता जि मोटर्स मात्रै हो, अरु कम्पनीको विस्वास नगर्नु’

Hyundai
NCELL
NIMB

काठमाडौं । चिनियाँ विद्युतिय गाडी ‘स्काईवेल’को आधिकारिक बिक्रेता जि मोटर्स प्राली मात्रै भएको कम्पनीले दाबी गरेको छ । प्रालीले आर्थिक वर्ष २०८०/०८१ देखिनै नाडा अटोशो देखी स्काईवेल ब्रान्डका ‘प्यासेन्जर कार तथा यसयुभि प्रडक्टस’ हरुको आधिकारिक वितरक नेपाल भरिको लागी लिएर उक्त ब्रान्डका वस्तुको प्रचार- प्रसार एवम विक्र वितरण गरिरहेको दाबी गरेको हो।

एलआरआर मोटर्स (LRR Motors) र  एलआरआर ग्रुप (LRR Group) भन्सार प्रायोजनको लागी भनि प्रकाशित मूल्यसुचीको बारेमा एवंम आधिकारिक इम्पोर्टर लेखी निकालीएको मूल्य सन्दर्भ सुचीप्रती जी मोटर्स प्रा. लि. को ध्यानकर्षण भएको जनाएको छ ।

हालसम्म आधिकारीक स्काईवेलका उत्पादक कम्पनी एवंम एक्स्पोर्ट डिभिजन हेर्ने प्रतीनिधीले नेपालमा जि मोटर्स बाहेक अरु कोही पनि आधिकारिक बिक्रेता छैन भन्ने लिखित जानकारी वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण विभाग र भन्सार विभागमा समेत गराई सकेको जि मोटर्स प्रालीले बताएको छ ।

प्रालीले विज्ञप्तिमा भनेको छ, ‘बजारमा आम ग्राहकलाई भ्रम फैलाउने, हाम्रो यस प्रा. लि. को ख्यातीलाई असर पुर्याउने, अबको लगानी डुबाउने प्रपन्च गर्ने कार्य नगर्न हुन उक्त ग्रुप एबम कम्पनीलाई यसै विज्ञप्ती मार्फत अनुरोध छ र एस्तो गैर कानुनी कार्य गर्ने, हङकङ्ग स्थित एजेन्ट कम्पनीसँग गरिएको झुठो सम्झौतालाई आधार बनाई बाणिज्य बिभागको मिलोमतोमा स्काईवेलका प्यासेन्जर कार तथा यसयुभि आयात गर्ने प्रयास गर्नु आफैंमा गैरकानुनी त छ नै साथै हामीले विक्री बितरण गरीरहेका वस्तुको मुल्यसुचीको बारेमा भ्रामक सिर्जना गरेकोले आवश्यक कानुनी उपचारमा प्रा. लि. जानेछ ।’

कम्पनीले नेपाल सरकार एवंम वाणिज्य विभागले असल नियतले कार्य गर्ने व्यवसायीलाई सँधै संरक्षणको नीति लिनुपर्ने एवंम एक आधिकारिक बिक्रेता उत्पादक कम्पनीले नियुक्ती गरेको अवस्थामा र अब लगानी गरेका सबै व्यवसायी उनिहरुको व्यवसायिक वतारणमा खलल पुग्न नदिने नीति नियम कार्यन्वयन गराउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

उक्त कम्पनीले आम ग्राहकहरुलाई भ्रममा पार्ने कार्य गरेकोले ग्राहकहरुलाई उक्त कम्पनिले स्काईवेल ब्रान्ड प्रती गर्ने कुनै पनि कुरालाई विश्वास नगर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीले २०८१ साल वैशाख देखी औपचारिक रुपमा नेपाल मै पहिलो लङ्ग रेन्ज ६२० किमी दिने प्रीमियम यसयुभि स्काईवेलको बिक्री शुरु गरेका छ । प्रालीले हाल ३ शोरुम राधेराधे भक्तपुर, नक्साल काठमाडौं, र इटहरी सुनसरी बाट बिक्री सेवा शुरु गरेको छ । यस्तै, सर्विस र पार्ट्सको सेवा भक्तपुरबाट प्रदान गरीरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्