काठमाडौं । नबिल स्टक डिलर लिमिटेडले असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्ग काठमाडौंमा ११ बजे बस्न आव्हान गरेको हो ।
सभाले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गर्नेछ ।
सभामा चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी जिनको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।
साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीका विभिन्न प्रवधानहरुमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव गर्न एजेण्डा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्