काठमाडौं । नेपाल आयल निगमलेकर्मचारी माग गरेको छ । निगमले विभिन्न पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी ३५ जना कर्मचारी माग गरेको हो ।
निगमले प्राविधिक र अप्राविधिक सेवाका प्रशासन, इन्जिनियरिङ, लेखा, ल्याब, विविध समूहमा कर्मचारी माग गरेको छ ।
साथै, तोकिएको शैक्षिक योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित मिति (भदौ २८) ले २१ दिनभित्र र दोब्बर दस्तूर तिरी म्याद सकिएको मितिले ७ दिनभित्र आवेदन पेश गर्न सक्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्