काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम राखेको छ । अघिल्लो दिन १ सय रुपैयाँले घटेको सुनको मूल्यले आज(शुक्रबार) नयाँ रेकर्ड रचेको हो ।
आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेर १ लाख ५६ हजार ३ सय रुपैयाँमा नयाँ रेकर्ड राखेको हो । यो हालसम्म कै उच्च हो । सुनको मूल्यले योभन्दा अघिल्लाे पटक १ लाख ५३ हजार ४ सय रुपैयाँमा रेकर्ड रोखेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ५३ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा किनबेच भइरहेको थियो । चाँदी अघिल्लो दिन १ हजार ७ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्