काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पाीले संस्थापक सेयरधनीहरुको नाममा रहेको २१ लाख ९६ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको प्रतिकित्ता न्यूनतम २०३ रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्दा घटीमा २ लाख कित्ता सेयरकका लागि आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकला गरी कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्