Shikhar Insurance
National Life

काठमाडौं महानगरमा ९५.५ प्रतिशत साक्षर

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार १०:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको साक्षरता ९५.५ प्रतिशत रहेको जनाएको छ । कूल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या ८ लाख ६२ हजार चार सय रहेको बताएका हुन् ।

आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आवमा २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ । काठमाडौंका स्थानीय तह, प्रदेश तथा स¬ङ्घीय कार्यालयबाट आव २०८०।८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा १ अर्ब ५६ करोड ५७ लाख खर्च भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्