Shikhar Insurance
National Life

लगानी बोर्डको सिइओमा शुसिल ज्ञावाली नियुक्त, को हुन् उनी ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार ०८:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । लगानी बोर्डको कार्यकारी अधिकृत (सिइओ) मा शुसिल ज्ञावाली नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले ज्ञावालीलाई नियुक्त गरेको हो ।

लगानी बोर्डको कार्यालयको कार्यकारी अधिकृत (सिइओ) मा सुशील ज्ञवालीको नाम लगभग पक्का भएको छ । पुन निर्माण प्रधिकरणको सफल नेतृत्व गरेका ज्ञावलीलाई बोर्डको सिइओको जिम्मेवारी दिन लागिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोर्डको सिइओ बन्न ५ जना प्रस्तिस्पर्धामा आएका थिए । बोर्डको सिइओ बन्न निवेदन दिएकाहरुमा, भूमिकास्थान नगरपालिका वडा नं. ९, अर्घाखाँचीका विष्णु प्रसाद भट्टराई,  रघुराज काफ्ले, व्यास नगरपालिका, वडा नं. ९, तनहुँका रघुराज काफ्ले थिए ।

यस्तै, ललितपुर महानगरपालिका वडा नं. २९, ललितपुरका सुशील ज्ञवाली, धनुषाधाम नगरपालिका वडा नं. २, धनुषाका रामदेव यादव, काठमाडौ महानगरपालिका वडा नं. ४, काठमाडौंका भिष्म राज ढुङ्गाना, रहेका थिए ।

सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (७) बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्न नेपाल सरकारसमक्ष नाम सिफारिस गर्ने प्रयोजनका लागि मिति २०८१/०४/२८ गते सूचना प्रकाशित गरेको थियो ।

यसअघिका सिइयो शुसिल भट्टको कार्यकाल सकिएपछि नयाँ सिइओ छनोट प्रकृया अघि बढेको हो । पछिल्लो समय बोर्डको सिइयो एमाले निकटबाट छनोट हुँदै आएको छ । पुर्व सिइओ महाप्रसाद अधिकारी, शुसिल भट्ट पनि एमाले कोटाबाट नै सिइओ बनेका थिए ।

सन्  २०१५ मा  नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको थियो ।

बुटवल नगरपालिकादेखि लुम्बिनी विकास कोषसम्म स्थानीय तहमा २० वर्षभन्दा बढीको अनुभव भएका ज्ञवाली सिभिल इन्जिनियर हुन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बन्नुअघि ज्ञवाली नगर विकास कोषको कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्