काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.१७ अंकले बढेर परिसूचक २६८८.३८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
बिहीबार ३१८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १ सय ५४ कित्ता सेयर किनबेच हुदाँ ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६ सय १२ रुपैयाँ संकलन भएको छ ।
बिहीबार सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४७ करोड ६५ लाख ८ हजार ९० रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ हजार २ सय ४० रुपैयाँ पुगेको छ ।
बिहीबार २२९ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, बिहीबार ६ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको भने १ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्