Shikhar Insurance
National Life

एमाले एकता जोगाउने सर्वाेच्चको आदेश विरुद्ध ओली समुह अदालत जाने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २८, शुक्रबार १७:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)को एकता जोगाउने गरि सर्वाेच्च अदालतले दिएको आदेश विरुद्ध ओली समुह अदालत जाने भएको छ । न्यायधिश प्रकाशमान सिंह राउतको एकल इजलासले महाधिवेशन आयोजक कमिटीलाई कारवाहीको अधिकार नभएको भन्दै एमालेलार्य २०७५ जेठ २ अघिको अवस्थामा पुर्याउन अन्तरिम आदेश दिएको थियो ।

ओली समुहले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादीको मुख्यमन्त्रीलाई विश्वासको मत दिएका चार जना सांसदलाई कारवाही गरेको थियो । कारवाही गर्ने अधिकार महाधिवेशन आयोजक कमिटीलाई नभएको भन्दै एमाले एकता जोगाइदिएको सर्वाेच्चको फैसला विरुद्ध ओली समुहले भ्याकेट हाल्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्