काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले असोज १८ गते १३ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालमा रहेको आफ्नै कार्यालयमा दिउँसो साढे ३ बजे बस्ने आव्हान गरेको हो ।
सभाले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश कर सहित वितरण प्रस्ताव पारित गर्नेछ ।
सभामा गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ ।
सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।
साथै, गत आवमा भएको खर्च अनुमोदन र सञ्चालकको भत्ता वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाबाट पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्