काठमाडौं । नेपाल सरकारका राजस्व सचिव दिनेश घिमिरेले भन्सार प्रशासनमा काम गर्ने कर्मचारीले आफ्नो व्यवहार र आचरण सुधार गर्नुपर्ने अवस्था आएको बताएका छन् । भन्सार विभागमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै राजस्व सचिव घिमिरेले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै राजस्व सचिव घिमिरेले भने ‘भन्सार प्रशासनमा काम गर्ने कर्मचारीले विचार गर्नुपर्ने अवस्था छ । आफ्नो व्यवहार र आचरण सुधार गर्नुपर्ने अवस्था छ ।’
अर्थतन्त्रमा सन्तुलनमा ल्याउन सबैले हातेमालो गर्नुपर्ने बताउँदै राजस्व सचिव घिमिरेले भने ‘अर्थ तन्त्रमा सन्तुलन ल्याउन सबैले हातेमालो गर्नुपर्ने अवस्था छ । व्यपार सहजीकरण गर्न हामीले भन्सार विभागको विकास गरेका हौँ, भन्सार विन्दुमै हामिले राम्ररी काम गर्नुपर्ने अवस्था छ ।’
राजस्व सचिव घिमिरेले सरकारलाई भरोसा गर्न कर्मचारी तथा नीजि क्षेत्रलाई अग्रह गर्दै भने ‘कर्मचारी साथिहरुलाई निजि क्षेत्रका साथीहरूलाई म भन्न चाहान्छु सरकारलाई भरोसा गरिदिन अनुरोध गर्दछु ।
प्रतिक्रिया दिनुहोस्