Shikhar Insurance
National Life

प्रतिकित्ता १०५ रुपैयाँमा कामना सेवा विकास बैंकको सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ भाद्र २७, बिहीबार १०:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ३५ हजार ५३४ कित्ता सेयरबिक्रीमा राखेको हो ।

उक्त सेयरको न्यूनतम प्रतिकित्ता मूल्य कम्पनीले १ सय ५ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नु पर्नेछ । सेयर किन्न बोलकबोल गर्दा सबै कित्ता सेयरका लागि आवेदन दिनुपर्ने एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिदको लागि संस्थापक सेयरधनी वा अन्य जोकाहि व्यक्ति आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको आज (भदौ २७) देखि असोज २ गते कार्यालय सयभित्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा आवेदन पेश गनुपर्नेछ।

साथै, सेयर खरीदका लागि परेको बोलपत्र असोज ४ गते बिहान ११ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने बैंकले एक सूनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्