Shikhar Insurance
National Life

हिमालयन बैंककाे ४ लाख २८ हजार कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ भाद्र २७, बिहीबार १०:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएके छ । बैंकले ५ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको कूल ४ लाख २८ हजार ५ सय ४० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी देव राज तामाङको नाममा रहेको ४५ हजार ५ सय १२ कित्ता, हर्क बहादुर तामाङको नाममा रहेको १ लाख ३२ हजार २ सय ७९ कित्ता, स्नेहलता टाकुरको १३ हजार ९ सय २२ कित्ता, प्रकाश तायलको १ लाख ३७ हजार २ सय २८ कित्ता, गिरेन्द्र मान सिंह श्रेष्ठको नामा रहेको ९९ हजार ५ सय ९९ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौं स्थित कानून विभागमा आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थथापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्