Shikhar Insurance
National Life

कृषि विकास बैंकको सञ्चालक सदस्यमा मैनाली नियूक्त

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १२:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि बिकास बैंक सञ्चालक समितिको सदस्यमा दिर्घराज मैनाली नियुक्त भएका छन् । नेपाल सरकार (उप–प्रधान तथा अर्थ मन्त्रीस्तर) को निर्णयानुसार सञ्चालक सदस्य पदमा मैनाली नियुक्त भएका हुन् ।

नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु संजिव कुमार कर्ण, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरांगाई, रीता सुवेदी कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्