काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयर मंगलबार (भदौ २५) बाँडफाँड गरेको छ ।
कम्पनीले साउन २४ गतेदेखि भदौ १२ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले ९९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ८४ लाख ५३ हजार ६४१ कित्ता मात्रै बिक्री भएको छ ।
साथै सेयर बाडँफाँडमा नपरेकाहरूको रकम भदौ २८ गतेदेखि फिर्ता गरिने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्