काठमाडौं । साताको चौथो कारोबार दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम राखेको छ । अघिल्लो दिन २ सय रुपैयाँले बढेको सुनको मूल्य आज १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम राखेको हो ।
सुनको मूल्यले यो भन्दा अगाडि १ लाख ५३ हजार ३ सय रुपैयाँमा रेकर्ड कायम राखेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ५२ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ७ सय ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदी मंगलबार १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी १५ रुपैयाँले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्