Shikhar Insurance
National Life

बिआरआई परियोजना कार्यान्वयन गर्नुपर्नेमा सांसद चौधरीको जोड

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १७:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले बिआरआई परियोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले बिआरआई परियोजना कार्यान्वयनमा ध्यान दिन सरकारलाई आग्रह गरेका हुन् । उनले बिआरआई परियोजना अनुदानमा ल्याउनुपर्ने बताउँदै अनुदानमा नभए कमभन्दा कम व्याजदरमा ल्याएर भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले परियोजना कार्यान्वयनसँगै व्यापार हुने, नहुने स्थितिको सम्बन्धमा भने ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘सन् २०१६ को राष्ट्र बैंको तथ्याङ्क अनुसार अहिले पनि १२५ वटा परियोजनाहरु कार्यान्वयनका लागि स्वीकृती भएको छ । यदि बिआरआईलाई कार्यान्वयन गर्न सक्ने हो भने स्वीकृत १२५ योजनालाई पनि सहज तरिकाले सम्पादन गर्न सकिन्छ । यसैले बिआरआई परियोजना कार्यान्वयनको विषयमा ध्यान दिनुपर्ने देखिन्छ ।’

‘सकभर अनुदानमा नभए कमभन्दा कम व्याजदरमा र भुक्तानीको समयलाई लम्ब्याएर भएपनि परियोजना कार्यान्वयन गर्नुपर्छ । तर लिएको ऋणलाई समयमा भुक्तानी गर्न सकिने हो होइन, ब्याज र किस्ता तिर्न सकिने हो, होइन । यसका लागि नेपाल सरकारले चिनियाँ सरकारसँग कुटनीतिक पहल गर्नुपर्छ’

सांसद चौधरीले बिआरआई परियोजनाको कार्यान्वयनसँगै नेपालले विश्वसँग जोडिने स्वर्णिम मौका पाउने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्