काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ मा पुगेर बजार बन्द भएको छ । मंगलबार ३२८ कम्पनीको १ करोड ९० लाख ४८ हजार ७७ सय ५ सय ८३ कित्ता सेयर किनबेच भएको हो ।
लगातार सेयर बजा घट्दा पनि मंगलबार एचआईडीएसीएलपीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २९ करोड ८१ हजार ५४ सय ७७ रुपैयाँ संकलन भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार ७७ रुपैयाँ रहेको छ ।
साथै, हिमालयन रि इन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्