काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ मा पुगेर बजार बन्द भएको छ ।
मंगलबार ३२८ कम्पनीको १ करोड ९० लाख ४८ हजार ७७ सय ५ सय ८३ कित्ता सेयर किनबेच हुदाँ ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार एचआईडीसीएलपीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २९ करोड ८१ हजार ५४ सय ७७ रुपैयाँ संकलन भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार ७७ रुपैयाँ रहेको छ ।
मंगलबार ६७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, मंगलबार मानुसि लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको भने सिद्धर्थ इन्भेष्टमेन्ट गोथ्र स्किम ३ को सेयर मल्य ८.८२ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्