Shikhar Insurance
National Life

भारतमा दुई वर्षभित्र ईभी र आइसी गाडीकाे मूल्य बराबर हुनेछ : मन्त्री गडकरी

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १२:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतीय केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले दुई वर्षभित्र विद्युतीय सवारी साधन(ईभी)को मूल्य पेट्रोल र डिजेल बराबर हुने बताएका छन् ।

गडकरीले उत्पादनको संख्या पनि बढ्दै गएकाले विद्युतीय सवारी साधनको मूल्य पेट्रोल र डिजेल बराबर हुने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गडकरीले भने, ‘उत्पादनको संख्या पनि बढ्दै गएको छ । अनुदान नदिई त्यो लागत कायम गर्न सकिन्छ । वित्त मन्त्रीद्वारा ईभीमा सब्सिडी दिनको लागी कुनै समस्या छैन ।’

यसअघि उनले उत्पादन लागत घटेकाले इभी उत्पादकलाई अब अनुदान दिन नपर्ने सुझाव दिएका थिए । ‘उपभोक्ताहरूले अब विद्युतीय सवारी साधनहरू वा सीइनजी सवारीसाधन आफैं रोजिरहेका छन्’ उनले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्