Skip to content
Shikhar Insurance
National Life

रास्वपा सांसद पराजुलीको प्रश्न : धनराज गुरुङलाई सहकारी ठगीमा छानविन गर्ने कि नगर्ने ?

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङ उपर सहकारी ठगी गरेको भन्दै उजुरी परेकाले छानविन गर्ने कि नगर्ने ? भनेर प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिव १५ करोड रुपैयाँ रकम हिनामिनामा नेपाली काँग्रेसका सांसद धनराज गुरुङ र उनको श्रीमतीको नाम जोडिएको कुरा मिडियामार्फत सार्वजनिक भएको बताएका हुन् ।

उनले सहकारीका अध्यक्ष अध्यक्ष कुम्भराज गुरुङले ठगी गरेको दाबिसहित उजुरी समेत दिएको भन्दै छानविन गर्ने कि नगर्ने भनि काँग्रेस सांसदहरुमाथि प्रश्न गरे ।

उनले गुरुङमाथि छानविनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने भनेर पनि प्रश्न गरे  । त्यसैगरी एपिवान टेलिभिजनमा पनि जिबि राईको लगानी रहेको कुरा सार्वजनिक भएको भन्दै एपिवानमा लगानी गर्न सहकारीको पैसा लगिएको थियो कि थिएन सो पनि छानविन गर्ने नगर्ने भनेर उनले अर्को प्रश्न गरे ।

उनले सरकार बनाउन भुमिका खेल्ने एपिवान टिभिका मालिकलाई सरकारले छानविन गर्ने हिम्मत राख्छ ? भनि गृहमन्त्रीलाई प्रश्न गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्