काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ मा पुगेर बजार बन्द भएको छ ।
सोमबार ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९ सय ११ कित्ता सेयर किनबेच हुदाँ ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४ सय २४ रुपैयाँको कारोबार भएको छ ।
सोमबार सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३७ करोड ५७ हजार ८ सय २ रुपैयाँ संकलन भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य २ हजार ८५ रुपैयाँ रहेको छ ।
सोमबार २२ कम्पनीको सेयर मूल्य बढ्दा २२२ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, सोमबार हाथवे इन्भेष्टमेण्ट नेपालको सेयर मूल्य ८.९८ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्