Shikhar Insurance
National Life

टिभिएसले ल्यायो मोटरसाइकल खरिदमा १० लाखसम्म जित्न सक्ने बम्पर अफर

सिंहदरबार संवाददाता
२०८१ भाद्र २४, सोमबार १२:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । जगदम्बा मोटर्सले ‘नयाँ युगको आरम्भ’ नामको विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले चाडपर्वलाई मध्यनजर गर्दै साे याेजना सार्वजनिक गरेको हाे ।

यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘नयाँ युगको आरम्भ’ योजना अन्तर्गत www.tvsnepal.com/dashain मा गएर नकिन्दै ५ लाखसम्म जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ । हरेक सप्ताह १०० प्रतिशत क्याशब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले जीवनभरको लागि वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टर बिनाको इजि फाइनान्स उपलब्ध गराउने बताएको छ ।

साथै, टिभिएसका ग्राहकहरूलाई एओजी र एनओजी समुदायमार्फत सदस्यताको नयाँ अनुभव प्रदान गरिनेछ । थप रूपमा, टिभिएसले ‘मेरो साथी’ एप मार्फत बुकिङ सेवाहरू, स्पेयर पार्ट्स अर्डर गर्नेदेखि लिएर टिभिएससँग जोडिन र विशेष अफरहरू बारे सूचना प्रदान गर्ने सम्पूर्ण सुविधाहरू उपलब्ध गराउने जानकारी पनि दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्