Skip to content
Shikhar Insurance
National Life

कर्मचारीहरुलाई अफिस समयमा शेयर किनबेच गर्न प्रतिबन्ध, खाजा समय ३० मिनेटमा झारियो

Hyundai
NCELL
NIMB

काठमाडौं । कर्मचारीहरुमाथी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दबाब बढाउँदै लगेको छ । ओली नेतृत्वको सरकारले कार्यालय समयमा शेयर खरिद-बिक्री र खाजा खाने समय कटौति गरेको हो ।

कार्यालय समयमा अधिकाँस कर्मचारीहरु टीएमएसमा शेयर खरिद बिक्री गर्न व्यस्त भएको गुनासोपछि सो कार्यमा प्रतिबन्ध लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तयारी गरेको छ ।

यस्तै, प्रधानमन्त्री ओलीले आइतबार एक निर्देशन जारी गर्दै खाजा खाने समय दिउँसो १:३० बजेदेखी २ बजेसम्म मात्रै हुने निर्देशन दिएका छन् । उनले निर्देशन जारी गर्दै सो निर्देशनको परिपालना नभएमा कम्प्लेन गर्न आग्रह गरेका छन् ।

उनले नमान्ने कर्मचारीलाई कारबाहि गर्ने चेतावनी समेत दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश जारी गर्दै भनेका छन् , ‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ।  खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन। कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १.३० देखि २ बजेसम्म कायम गरिएको छ। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ। शुभ रात्रि!’

GBIME

प्रतिक्रिया दिनुहोस्