काठमाडौं । अभिनव, ऊर्जा कुशल र वातावरण मैत्री ब्रान्ड गोदरेजले दशैं र तिहार लक्षित अभियान ‘मनैदेखी वाउ’ जारी गरेको छ ।
कम्पनीले ग्राहकहरूलाई गोदरेज होम एप्लायन्सको खरिदमा रियल क्यासब्याक र पक्का उपहारको साथ खुसी बाढ्ने उद्देश्य सहित यो योजना जारी गरेको हो । ‘मनैदेखि वाउ’ अभियान अन्तर्गत ग्राहकले ३१ हजार ५ सयसम्मको आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छन् ।
कम्पनीका अनुसार ग्राहकहरुले टप लोडर ट्विन टब वासिङ मेसिन खरिद गर्दा तीन लिटर नि:शुल्क एरियल डिटर्जेन्ट लिक्विड र माइक्रोवेभ ओभन खरिद गर्दा नि:शुल्क कुकिंग किट प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूले गोदरेज सिंगल डोर रेफ्रिजरेटर, डबल डोर रेफ्रिजरेटर, साइड(बाई(साइड रेफ्रिजरेटर, चेस्ट फ्रिजर, माइक्रोवेभ ओभन, वासिङ मेसिन र एयर कन्डिसनरहरू खरिद गर्दा आकर्षक क्यासब्याकको मजा लिन सक्ने कम्पीले जनाएको छ ।
यो अभियान २३ भदौ २०८१ मा सुरु भइ नेपालभर सीमित अवधिको लागि लागू हुनेछ। नेपाल मा गोदरेज को घरायसी उपकरणहरु चौधरी ग्रूप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सले बिक्रि वितरण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्