Shikhar Insurance
National Life

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

सिंहदरबार संवाददाता
२०८१ भाद्र २३, आईतवार १६:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकका ग्राहकहरुले भिसा डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग प्रयोग गरी डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा ५ सय रुपैयाँको छुट प्राप्त गर्न सक्ने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छुटका लागि ग्राहकहरुले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नु पर्ने बैंकले जनाएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्