काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २५.४६ अकंले घटेर २७०१.९० मा पुगेको हो ।
आइतबार ३२८ कम्पनीकोे २ करोड २२ लाख ६२ हजार ९ सय २४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १२ करोड २४ लाख ८ सय २ सय ४९ रुपैयाँ कारोबार भएको छ ।
आइतबार ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, सर्पोट माइक्रोफाइनान्सको ८ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ७.३२ प्रतिशत, गणपति लघुवित्तको ६.६७ प्रतिशत सहित १२७ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्