Shikhar Insurance
National Life

देगु तलेजुको पुन:निर्माण सम्पन्न

सिंहदरबार संवाददाता
२०८१ भाद्र २३, आईतवार १२:५२
Hyundai
NCELL
NIMB

ललितपुर । वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुन:निर्माण सम्पन्न भएको छ ।

भूकम्पपछि जिर्ण अवस्थामा रहेको एतिहासिक देगु तलेजु मन्दिरको बाहिरी भागको काम सकिएको र दोस्रो चरणमा भित्रको काम चलिरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लीला पाठकले जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भित्री भागको काम पूरा भएपछि क्षमापूजा गरेर उद्घाटन हुने जानकारी दिँदै उनले भने ‘मल्लकालीन मन्दिर मौलिक शैलीमा पुन:निर्माण गरिएको छ ।’

ललितपुरको सबैभन्दा ठूलो र अग्लो मन्दिरका रूपमा परिचित देगु तलेजु मन्दिर पुन:निर्माणका लागि जापान सरकारले १३ करोड सहयोग गरेको हो । ललितपुरका अधिकांश सम्पदाको पुन:निर्माण पूरा भएको छ भने केही निर्माणाधीन छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्