काठमाडौं । अखिल(क्रान्तिकारी) केन्द्रिय समितिका उपाध्यक्ष नरेश रेग्मी शर्माले आगामी राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि लड्ने घोषणा गरेका छन् ।
उपाध्यक्ष शर्माले स्ववियु निर्वाचन जितेको पूर्वको १ नम्बर प्रदेशको उदयपुर, गाइघाटस्थित त्रियुगा जनता बहुमुखी क्याम्पस, पत्रकार सम्मेलनमा आगामी राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि लड्ने घोषणा गरेका हुन् ।
अखिल(क्रान्तिकारी) केन्द्रीय समितिको २३औँ राष्ट्रिय सम्मेलन असोज २ गतेदेखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
सम्मेलनमा उपाध्यक्ष शर्माले आफ्ना एजेण्डाहरु लिखित सामाग्री एवं भिडियो सन्देश मार्फत नियमित रुपमा सार्वजनिक गर्दै जाने र विद्यार्थी आन्दोलनलाई नयाँ सिरामा पुर्याउन गम्भीरताका साथ बहस उठाउने बताए ।
उपाध्यक्ष शर्माले भने, ‘विद्यार्थी आन्दोलन फेरि नयाँ उचाईमा उठाउने कुरा एकल प्रयासबाट मात्र हुने कुरा होइन । त्यसको लागि गम्भीर एवं सामुहिक प्रयत्न चाहिन्छ।’
साथै, सम्पूर्ण प्रतिनिधिहरुलाई आ-आफ्नोबाट सहयोग गर्न समेत उपाध्यक्ष शर्माले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्