Shikhar Insurance
National Life

एनसेलले ल्यायो टिकटक प्रयोगकर्ता लक्षित गर्दै ‘एनसेल सधै अन’ प्याकेज

सिंहदरबार संवाददाता
२०८१ भाद्र २१, शुक्रबार १५:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । एनसेलले ‘एनसेल सधै अन’ प्याकेज ल्याएको छ । कम्पनीले टिकटक प्रयोगकर्ताहरुलाई लक्षित गर्दै सो प्याकेज ल्याएको हो । कम्पनीले डाटा सकिएपछि पनि मेन व्यालेन्स नकाटिने प्याकेज ग्राहकहरु माझ उपलब्ध गराएको छ । यसबाट ग्राहकहरु डाटा सकिएपछि व्यालेन्स काटिने डरबाट मुक्त हुने कम्पनीले जनाएको छ ।

यस प्याकेज अन्तर्गत टिकटक प्रयोगकर्ताहरुले सधै ननस्टप टिकटकको मज्जा लिन सकिने कम्पनीले विश्वास लिएको छ । कम्पनीले न्यूनतम ९९ रुपैयाँदखिको प्याकेज उपलब्ध गराएको छ । एनसेलले ९९ रुपैयाँ मै ७ दिनका लागि ३ जिबी डाटा पाउने प्याकेज ल्याएको छ । साथै, यस प्याकेज अन्तर्गत ग्राहकहरुले ४९ मिनेट कल र ४९ वटा एसएमएस गर्न सक्ने छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, कम्पनीले १९९ रुपैयाँमा ७ दिन अनलिमिटेड डाटा प्राप्त गर्न सकिने जनाएको छ । यस प्याकेजमा ग्राहकहरुले १९९ मिनेट कलमा मज्जा लिन पाउँनेछन् । त्यसैगरी, एनसेलले ग्राहकहरुलाई थप सहज उपलब्ध गराउँन ‘वेष्ट प्याक’ पनि ल्याएको छ । कम्पनीले ३ सय ९९ रुपैयाँमा २८ दिनसम्म ढुक्कसँग डाटा प्रयोग गर्न सकिने भएको छ । सो प्याकेजअन्तर्गत १२ जिबी डाटा, ३ सय ९९ मिनेट कल र ३ सय ९९ वटा एसएमएस गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले ननस्टप टिकटकको मज्जा लिन ४ सय ९९ रुपैयाँको डाटा प्याकेज व्यवस्था गरेको छ । सो प्याकेजमार्फत ग्राहकहरुले १७ जिबी डाटा २८ दिनको लागि प्रयोग गर्न सक्छन् । ग्राहकले यो प्याकेजमार्फत ४ सय ९९ मिनेट कल र ४ सय ९९ वटा एसएमएस गरी प्याकेजको भरपूर उपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै, एनसेलले २६ जिबी डाटा प्याक मात्र ५ सय ९९ रुपैयाँमा नै उपलब्ध गराएको छ । सो प्याकमार्फत ग्राहकले २८ दिनसम्म अनस्टप डाटा, कल र एसएमएस गर्न सकिनेछ ।

त्यस्तै, कम्पनीले ग्राहकहरुलाई ७ सय ९९ रुपैयाँमा ३३ जिबी, ९ सय ९९ रुपैयाँमा ६० जिबी र १ हजार ४ सय ९९ रुपैयाँमा १ सय जिबी अनलिमिटेड डाटा प्याकको व्यवस्था गरेको छ । कम्पनीले सो डाटा प्याक २८ दिनसम्म सातै दिन २४ सै घण्टा प्रयोग गर्न सकिने जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्