Shikhar Insurance
National Life

१२.१० अंकले घट्यो सेयर बजार, कारोबार रकममा गिरावट

सिंहदरबार संवाददाता
२०८१ भाद्र २०, बिहीबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.१० अंकले घटेर २७२७.३६ मा पुगेर बजार बन्द भएको छ ।

बिहीबार ३१६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९ सय ९३ कित्ता सेयर किनबेच हुदाँ ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४० करोड ५० लाख ९९ हजार रुपैयाँ संकलन भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार ५ सय ३ रुपैयाँ रहेको छ ।

बिहीबार १०१ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, बिहीबार आत्मनिर्भर लधुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्सको ८.९१ प्रतिशतले सेयर मूलय घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्