काठमाडौं । कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ ।
बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिलाहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भूक्तानी गर्दा १ रुपौयाँको क्यास ब्याक योजना सञ्चालनमा ल्याएको हो ।
यो योजना भदौ २० गतेदेखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई प्राप्त हुने बंकले जनाएको छ । यस योजनाबाट सेवाग्राहिहरुको विद्यूतिय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएकोे छ ।
बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्